नेपाली पत्रकारमाथि एनआरएनका नेताद्वारा विदेशमा आक्रमण

नेपाली पत्रकारमाथि एनआरएनका नेताद्वारा विदेशमा आक्रमण सांकेतिक तस्विर

कुबेतमा एकजना नेपाली पत्रकारमाथि हातपात गरिएको छ । हिमाली सञ्चार अनलाइनमा कार्यरत पत्रकार सिमोन भट्टराईमाथि आक्रमण भएको हो । लामो समयदेखि कुबेतमा रहेर पत्रकारितामा सक्रिय भट्टराई गत शनिबार सोल्टी ग्रुपले जिलिबस्थित अस्पाएर इण्डियन स्कुलको सभाहलमा आयोजना गरेको कार्यक्रममा रिपोर्टिङ्गका लागि पुगेका थिए । 

कार्यक्रममा दुर्गेश थापासहित थुप्रै नेपाली कलाकार सहभागी भएको बताइन्छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष मानबहादुर तामाङ्ग उर्फ दिलकुमार पाख्रिन, सदस्य दामोदर बटाला र प्रवक्ता हर्कमान मोक्तानले आक्रमण गरेको पत्रकार भट्टराईले बताए ।

किन गरियो आक्रमण ? 

कार्यक्रममा कुबेतका लागि नेपाली राजदूत घनश्याम लम्साल प्रमुख अतिथि थिए । उनी कार्यक्रमबाट निस्किनेबित्तिकै सो घटना भएको हो । उनीहरुविरुद्ध समाचार लेखेको भन्दै सोही निहुँमा आफूमाथि आक्रमण गरेको हुनसक्ने उनको आशंका छ । भन्छन्,‘ममाथि आक्रमण गर्ने व्यक्तिहरु रणध्वज लामा टिमका हुन् । उनीहरुविरुद्ध कसैले सामाजिक सञ्जालमा स्ट्याट्स वा समाचार लेख्यो भने पत्रकारलाई थर्काउँछन् । धम्की दिन्छन् र आक्रमण गर्छन् ।’

टिप्पणीहरू