फेसबुकमा चिनजान गरेर बलात्कार
दाङमा एक बालिका बलात्कृत भएकी छन् । तुलसीपुरको बबई गाउँपालिका-४ नम्बर वडा कार्यालयका कम्युटर अपरेटर भुपेन्द्र खत्रीले १५ वर्षीया बालिकालाई बालात्कार गरेका हुन् ।
बताइएअनुसार खत्री र ती बालिका केही महिनाअघि समाजिक सञ्जाल (फेसबुक)मार्फत् नजिक भएका थिए । त्यसैक्रममा खत्रीले बिहे गर्ने प्रलोभन देखाएर बारम्बार शारीरिक सम्पर्कको प्रयास गरेको र जेठ ९ गतै बालिकाकै घरमा पुगेर करणी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका इञ्चार्ज डिएसपी अनिल ठकुरीले जानकारी दिए ।
उनका अनुसार बालिकाले अहिले सानै रहेको र बिहेपछि मात्रै शारीरिक सम्बन्ध राख्ने बताएपछि खत्रीले घरमा कोही नभएको मौका छोपी करणी गरेका थिए । ‘बालिकाको बाबुआमा विदेशमा रहेछन्, यहाँ दिदीहरूसँग बस्दै आएको पाइयो’, डिएसपी ठकुरीले भने, ‘जेठ ९ गते युवक घरमै गएका रहेछन् भेटन्, बालिकाले सानै छु भनेर नमान्दा पनि उनले जर्बजस्ती गरे।’
आरोपी खत्रीले बालिकासँग आफू अविवाहित रहेको भनेर झुट बोलेको पाइएको छ । जबकि उनको घरमा श्रीमती र सन्तान रहेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बालिकाले हिजो दिउँसो जाहेरी दिएपछि खत्रीलाई साँझै नियन्त्रणमा लिइएको डिएसपी ठकुरीले बताए । ‘युवकलाई नियन्त्रणमा लिएर दुवै पक्षको परिवारलाई खबर गरेका छौ, म्याद थप गरेर अनुसन्धान अघि बढ्दैछ’, उनले थपे ।
टिप्पणीहरू