‘टाँकीमा फुलेको’ गीत लिएर आए चिन्तामणि

‘टाँकीमा फुलेको’ गीत लिएर आए चिन्तामणि

गीतकार चिन्तामणि सिवाकोटीको नयाँ गीत बजारमा आएको छ । सिवाकोटीले आफ्नै युटुब च्यानलमार्फत् ‘टाँकी फुलेको’ गीत सार्वजनिक गरेका हुन् । 

समीक्षा अधिकारी र विषम आचार्यले स्वर दिएको उक्त गीतमा स्मारिका ढकाल, सुरेश कोली र सुरज लुइँटेललगायतले अभिनय गरेका छन् । भिडियोलाई पूजा ठकुरीले निर्देशन गरेकी हुन् । 

गीतमा प्रयोग गरिएका शब्द र लयले दर्शकको ध्यान खिचेको देखिन्छ । गीत सुनेपछि विनोद पोखरेलले भनेका छन्, ‘बल्ल मौलिक गीत आयो, यो सुनेपछि गाउँघर पुगेँ ।’ माधव गौतमले पनि गीतको प्रशंसा गरेका छन् । उनको प्रतिक्रिया छ, ‘अहिले बजारमा छाडा गीत बढि सुनिन थालेको छ, तर यो त्यसमा अपवाद बन्यो, धेरै राम्रो ।’ 

स्मरण रहोस्, गीतकार शिवाकोटी श्रृंगारिक धारका गीत लेख्न र मौलिक लय सिर्जना गर्न निकै पोख्त मानिन्छन् । ‘हृदयकी रानी’, ‘सुम्पिदिएँ’, ‘दिलमा बस’ लगायत उनका थुप्रै गीत चर्चित छन् ।

टिप्पणीहरू