गोसाईंकुण्डमा साढे सात किलो सुन
रसुवामा साढे सात किलो सुनसहित एक जना पक्राउ परेका छन् । गोसाईंकुण्ड गाउँपालिका–२ बाट सात किलो ५३० ग्राम सुनसहित किशोर भुजेललाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख (डिएसपी) हेमबहादुर शाहीले जनआस्थासँगको कुराकानीमा भने, ‘केहीबेर अघि चालक र सुन नियन्त्रणमा लिएका छौँ, अहिले हाम्रो टोलीले सदरमुकाम लिएर आउँदैछ ।’
यससम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।
टिप्पणीहरू