देउवा दम्पतीसहितको छलफलपछि बालुवाटारमा क्याविनेट बैठक

देउवा दम्पतीसहितको छलफलपछि बालुवाटारमा क्याविनेट बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले क्याविनेट बैठक राख्नुभएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा अहिले बैठक बसिरहेको छ ।

त्यसअघि बालुवाटारमै ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताले छलफल गरेका थिए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा छलफलमा सहभागी थिए ।

दुई पार्टीबीच भागबण्डा नमिलेर नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सकस परिरहेका बेला आजको छलफल त्यसैमा केन्द्रित रहेको अनुमान गरिएको छ ।

टिप्पणीहरू