चेपाङ समुदायमा पुग्यो एसबिआईको सहयोग

नेपाल एसबिआई बैंकले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ र १५ का चेपाङ समुदायलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उनीहरुलाई अत्यावश्यक खाद्य सामग्री वितरण गरेको हो ।
बैंकका बागमती प्रदेश प्रमुख सुशीलराज श्रेष्ठले एक कार्यक्रमबीच चेपाङ समुदायका ६३ परिवारलाई उक्त सामाग्री हस्तान्तरण गरेको जनाइएको छ । एसबिआई बैंकले विपन्न तथा पिछडिएका वर्गहरुमा यस किसिमको कार्यक्रम समयसमयमा गर्दै आइरहेको छ ।
विगत ३१ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एसबिआईको हाल देशभर एक सय शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग, सात प्रादेशिक कार्यालय, एक सय २५ एटिएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
टिप्पणीहरू