हिमालमा अनाधिकृत स्याटेलाइट प्रयोग गर्नेलाई चेतावनी

हिमालमा अनाधिकृत स्याटेलाइट प्रयोग गर्नेलाई चेतावनी

हिमाल आरोहण सञ्चालन गर्ने कम्पनीहरुले अनाधिकृत रुपमा विदेशी दूरसञ्चार सेवा प्रदायक कम्पनीको स्याटेलाइट (भू–उपग्रह) प्रयोग गरेपछि सरकारले निर्देशनयुक्त चेतावनी दिएको छ । 

सरकारी स्वामित्वको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अनाधिकृत रुपमा स्याटेलाइट इन्टरनेट सेवा प्रयोग नगर्न नगराउन निर्देशन दिएको हो । अन्यथा, कारबाही गर्ने चेतावनी छ । 

मुलुकका केही स्थान (अग्ला हिमालहरुको आधार शिविर (बेस क्याम्प क्षेत्रमा समेत) मा हिमाल आरोहण सञ्चालन गर्ने कम्पनीहरुले प्राधिकरणबाट अनुमति नलिई अनाधिकृत रुपमा विदेशी दूरसञ्चार सेवा प्रदाय कम्पनीको स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने वा प्रयोग गर्ने गरेको पाइएको छ । 

सूचनामा भनिएको छ, ‘नेपाल सरकारको अनुमति नलिई वा यस प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी दूरसञ्चार (इन्टरनेट) सेवा उपलब्ध गराइरहेको वा प्रयोग गरिरहेको पाइएमा दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।’
 

टिप्पणीहरू