युएईका विदेशमन्त्रीलाई प्रहरी हेडक्वार्टर अगाडि बस्ने प्रबन्ध

संयुक्त अरब इमिरेट्सका उपप्रधान तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल न्हायान नेपालको दुई दिने भ्रमणमा आएका छन् । उनी श्रीलंकाको राजधानी कोलम्बोबाट चार्टर विमानमा राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् ।
३० सदस्यीय टोलीका साथ आएका विदेशमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डार पुगेको बताइन्छ । समकक्षी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा बैंककमा रहेकाले श्रममन्त्रीले स्वागत गरेका हुन् ।
भोलि साँझ ५ बजे स्वदेश फर्कने कार्यक्रम रहेका शेख अब्दुल्लाह बिन जायेद अल न्हायानले भोलि प्रधानमन्त्री र राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । युएईका पाहुना टोलीलाई बस्ने प्रबन्ध होटल नक्सालस्थित होटल हिल्टनमा गरिएको छ ।
टिप्पणीहरू