बिहानदेखि ठप्प भन्सार बल्ल सुचारु
भन्सार विभागको सर्भर सुचारु भएको छ । केही दिनअघि विभागको सर्भरमा समस्या आएपछि सम्पूर्ण सेवा अवरुद्ध भएकोमा अहिले सञ्चालनमा आएको हो ।
विभागका निर्देशक नारायणप्रसाद रेग्मीका अनुसार हाल सर्भर सुचारु भई नियमित तवरले काम भइरहेको छ । उनले भने, ‘सर्भरमा समस्या आउनेबित्तिकै हामीले प्राविधिकसँगको सहयोगमा समाधान गरेर सेवा सुचारु गरेका हौं ।’
आइतबार केन्द्रीय विभागकै सर्भरमा समस्या आएपछि देशभर भन्सार जाँचपास र राजस्व संकलनसम्बन्धी काम ठप्प भएको थियो । जसका कारण आज पनि सेवाग्राहीहरु मर्कामा परेका थिए ।
टिप्पणीहरू