प्रदेशसँग प्रधानमन्त्रीको अकस्मात प्यार

प्रदेशसँग प्रधानमन्त्रीको अकस्मात प्यार
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकार र संसदको कामकारवाही प्रभावकारी बनाउन सातै प्रदेशका सभामुखसँग छलफल गर्नुभएको छ । 

आज बिहान सभामुखहरुलाई सरकारी निवास बालुवाटार बोलाएर उहाँले करिब डेढ घण्टा कुराकानी गर्नुभएको हो । सो क्रममा कर्णाली र मधेसका सभामुखले प्रदेश सभालाई सम्बोधन गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेकाे बुझिएको छ । 

प्रधानमन्त्री ओली पछिल्लो समय विभिन्न प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै हिँडिरहेको पृष्ठभूमिमा कर्णाली र मधेस प्रदेशबाट पनि निम्तो आएको हो । अघिल्लो साता सुदूरपश्चिम प्रदेश सभा बैठकलाई विशेष सम्बोधन गर्नुभएका उहाँ हिजो कोशी प्रदेश सभामा बोल्नुभएको थियो ।

उता, सघीय संसदमा भने प्रधानमन्त्रीको खोजी जारी छ । हिजो प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दा उहाँ उपस्थित हुनुभएको थिएन । संसदको कार्यसूचीबारे प्रधानमन्त्री ओली जानकार हुने भए पनि अटेर गरेरै बैठकमा अनुपस्थित भएको भन्दै हिजो कतिपयले सांसदले आलोचनासमेत गरेका थिए ।

टिप्पणीहरू