सबैलाई होस् न नियम सराबरी

हालै दुई तारे जर्नेलमा बढुवा भएका विनयविक्रम राणा झण्डै दुई महिनादेखि सरुवा भएको ठाउँमा नगई एकतारे जर्नेल हाकिम हुने कार्यालयमै बसेका छन् । स्टाफ अधिकृत सिंहलाई छोड्न गाह्रो परेको हो ?

उनले आफ्नो नामसँग जोडिने एकल अधिकृतलाई १० मध्ये कनिष्ठ हुँदाहुँदै पनि बढी डलर आउने कंगो मिसनमा पठाएका छन् । स्वास्थ्य मापदण्डअनुसार कम कान सुन्नेहरू कसरी बिएमआई पास भएर दुईतारे जर्नेलमा पुगे ?

सैनिक सचिवजस्तो संवेदनशील कार्यालयमा कार्यरत प्रमुख सेनानी राजीव थापा सेनापतिको नातेदार भएरै हो त, नेपाली नागरिकता त्यागेर क्यानाडाको पिआरधारीको पति भएर पनि उक्त कार्यालयमा फिट छन् ? बर्दबहादुर गणको गणपति हु“दासमेत प्रमुख सेनानी थापाले नागार्जुन र सिन्धुली ब्यारेकमा विदेशी पिआरधारीलाई ल्याएर महिनौं राखे तर कारबाहीको साटो पुरस्कृत भई सैनिक सचिवमा पुगेका छन् । सालो नाताका महासेनानी प्रज्वल रायमाझीसमेत सैनिक सचिव कार्यलयमा लामो समयदेखि कार्यरत छन् । के सैनिक सचिव कार्यालयमा सेवा गर्न सेनापतिकै नातेदार हुनुपर्ने हो ?

– पीडित अफिसरहरु

टिप्पणीहरू