यताको सर्भर डाउनपछि सबै जिल्लामा सेवा अवरुद्ध

यताको सर्भर डाउनपछि सबै जिल्लामा सेवा अवरुद्ध

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सर्भर डाउन भएको छ । सर्भर डाउनसँगै राष्ट्रिय परिचयपत्र (नेशनल कार्ड) सम्बन्धी सेवा अवरुद्ध भएको छ । 

विभागका सूचना अधिकारी शिवराज सेढाईका अनुसार बिहानदेखि सर्भरमा समस्या देखिएको हो । प्राविधिकहरुको सहयोगमा मर्मत कार्य भइरहेको उनले बताए । 

विभागको सर्भर डाउनपछि जिल्लाहरुमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले केन्द्रीय सर्भर डाउन भएकाले अर्को सूचना जारी नभएसम्मका लागि परिचयपत्रसम्बन्धी सेवा स्थगन गरिएको जनाएको छ ।

टिप्पणीहरू