काठमाडौं महानगरको जरिवाना : बुझाउँदा ठिकै, नबुझाए पनि उस्तै

काठमाडौं महानगरको जरिवाना : बुझाउँदा ठिकै, नबुझाए पनि उस्तै
सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकालाई एक लाख जरिवना बुझाएको छ । पार्टी प्रवक्ता एवम् सांसद ज्ञानेन्द्र शाहीले नगर प्रहरीको टोलीलाई भेटेर जरिवाना बुझाएको बताइएको छ । 

पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमको क्रममा हिजो विमानस्थल र वरपरका क्षेत्रमा फोहोर गरिएको जनाउँदै महानगरले एक लाख जरिवानाको पत्र काटेको थियो । राप्रपाले आज महानगरपालिकाको बैंक खातामा रकम दाखिला गरेको जनाएको छ । 

उता, प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेले भने मंसिरमा तिराइएको एक लाख जरिवाना अझै नबुझाएको बताइन्छ । मंसिर पहिलो साता दरबारमार्गमा आयोजना गरेको जागरण सभाको क्रममा एमाले फोहोर गरेको भन्दै महानगरले एक लाख जरिवानाको पत्र बुझाएको थियो । तर महानगरले अहिलेसम्म उक्त रकम प्राप्त नहुँदा पनि कुनै ताकेता नगरेको बुझिएको छ ।

टिप्पणीहरू