राष्ट्रपति साँझ छिप्पिएपछि सैनिक मुख्यालयमा

राष्ट्रपति साँझ छिप्पिएपछि सैनिक मुख्यालयमा

राष्ट्रपति रामचन्द्र पौडेल भद्रकालीस्थित सैनिक मुख्यालय जानुभएको छ । पौने ८ बजे शीतल निवासबाट निस्कनुभएका राष्ट्रपति ८ बजेको हाराहारीमा आर्मी अफिसर्स क्लब पुग्नुभएको बताइन्छ । 

उहाँ प्रधानसेनापति अशोकराज सिग्देलको छोराको विवाह भोजमा सहभागी हुन त्यहाँ जानुभएको बुझिएको छ । राष्ट्रपति नेपाली सेनाको परमाधिपतिसमेत हुनुहुन्छ ।

टिप्पणीहरू