विमानस्थलमा घाम छँदै, निर्मल निवास पुग्दा झमक्कै
पूर्व राजा ज्ञानेन्द्र शाह निर्मल निवास पुग्नुभएको छ । दिउँसो साढे ३ बजे समिट एअरको चार्टर्ड उडानमा पोखराबाट काठमाडौँ आइपुग्नु भएका उहाँ समर्थकहरुको स्वागत ग्रहण गर्दै साँझ महाराजगञ्जस्थित निजी निवास छिर्नुभएको छ ।
राजावादीहरुले त्रिभुवन विमानस्थल बाहिर नाराबाजी गर्दै शाहको स्वागत गरेका थिए । त्यसपछि र्यालीसहित गौशाला, चाबहिल, धुम्बाराही, नारायणगोपाल चोक हुँदै निर्मल निवास पुर्याएका हुन् । घर छिर्दा झमक्कै साँझ परेको थियो ।
पूर्व राजाको स्वागतका नाममा राजावादीहरुले शक्ति प्रदर्शन गर्दा राजधानीका सडकमा सर्वसाधारणले हैरानी खेप्नु परेको छ । नारायणगोपाल चोकबाट जुलुस निर्मल निवासतर्फ छिरेपछि साँझ पानीपोखरीदेखि नै पैदलयात्री र सवारी साधनलाई प्रवेश निषेध गरिएको थियो । प्रहरीले माईकिङ गर्दै कान्ति बाल अस्पताल र टिचिङ अस्पतालबीचको बाटो हुँदै बसुन्धरा चौकी, तिलिङेटारतर्फ सवारी र सर्वसाधारणलाई डाइभर्ट गरेको थियो ।
टिप्पणीहरू