विश्वविद्यालय तोडफोडमा हामी संलग्न छैनौं : नेविसंघ

विश्वविद्यालय तोडफोडमा हामी संलग्न छैनौं : नेविसंघ

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको रेक्टर प्राध्यापक खड्ग केसीको कार्यकक्षमा भएको तोडफोडमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएको छ । आफ्नो संगठनले कुनैपनि प्रकारको हिंसात्मक गतिविधिलाई समर्थन नगर्ने उल्लेख गर्दै नेविसंघले त्यस घटनामा कुनै किसिमको संलग्नता नभएको जनाएको छ । 

नेविसंघ त्रिवि समितिका सभापति विष्णु बडैलाले एक विज्ञप्ति जारी गर्दै आफ्नो संगठनमाथि लगाइएको आरोप झुठ्ठो भएको दाबी गरेका छन् । ‘त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग केसीको कार्यकक्षमा भएको तोडफोड घटनालाई लिएर विभिन्न सञ्चारमाध्यममा नेपाल विद्यार्थी संघलाई लक्षित गरी सम्प्रेषण भएका भ्रामक समाचार र निराधार आरोपप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसविषयमा नेविसंघ त्रिवि समिति स्पष्ट पार्न चाहन्छौं कि यो घटना हाम्रो कुनै आधिकारिक निर्णय वा निर्देशनअनुसार गरिएको कार्य होइन्’, विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी, समितिले आगामी दिनमा पनि आफ्नोे आन्दोलन विधिसम्मत र मर्यादित रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । आज बिहान १० बजे त्रिविको रेक्टर कार्यालयमा तोडफोड भएको थियो ।

टिप्पणीहरू