नेताहरुको घुँडा भाँच्दै लखेट्न दुर्गा प्रसाईंको उर्दी

नेताहरुको घुँडा भाँच्दै लखेट्न दुर्गा प्रसाईंको उर्दी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेताहरुको घुँडा भाँचेर गाउँ–गाउँबाट लखेट्न आफ्ना समर्थकलाई अपिल गरेका छन् । 

पूर्व राजा ज्ञानेन्द्र शाहलाई पर्सि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रमबारे जानकारी दिन आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले नेताहरुलाई रछ्यानमुनि गाढ्ने चेतावनी पनि दिए । 

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंले राजतन्त्रको झिल्को बलिसकेको जिकिर गरेका छन् । ‘दुर्गा प्रसाईले थालेको अभियानमा अहिले झिल्को मात्र बलेको हो, आगो बल्न बाँकी नै छ’, उनले भने, ‘यी नेताहरुको त अनि, अब घुँडा भाँच्नुपर्छ, गाउँगाउँ र शहरबाट लेखट्ने हो ।’

पूर्व राजा ज्ञानेन्द्र स्वयंले आन्दोलन घोषणा गरेको दिन नेताहरुको भागाभाग हुने प्रसाईंको दाबी छ । समर्थकहरुलाई आइतबार एयरपोर्टमा उपस्थित हुन आह्वान गर्दै थपे, ‘राजा र मैले असली आन्दोलन घोषणा गरेको दिन यीनीहरुको हालत के हुन्छ, सोच्नुपर्ने हुन्छ ।’

कतिपयले पूर्व राजालाई एयपोर्टबाट सिधै नारायणहिटी लगिने भनी गरिएको प्रचार खण्डन गर्दै प्रसाईंले तत्काल लागि उक्त योजना स्थगित भएको बताए । ‘अहिले नारायणहिटी हैन, एयरपोर्टबाट निर्मल निवास पुर्याउने हो । तर, राजतन्त्र फर्काउन हामीलाई कसैले रोक्न सक्दैन’, उनले भने । 

राजसंस्था पुनःस्थापनाको मागसहित अस्ति राप्रपाले आयोजना गरेको मोटरसाइकल जुलुसमा गएका प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नरा लगाएका थिए । आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिँदै भनेका थिए, ‘केपी ओली मूर्दावाद्, सक्छस् भने मलाई समात् ।’

टिप्पणीहरू