वडा कार्यालयले तोक्यो माछामासुदेखि मदिरासम्मको मूल्य

वडा कार्यालयले तोक्यो माछामासुदेखि मदिरासम्मको मूल्य

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ नम्बर वडा कार्यालयले खाद्यान्न, माछामासु, जाँडरक्सीको मूल्य निर्धारण गरेको छ । वडा कार्यसमितिको गत फागुन १८ गतेको बैठकले आफ्नो वडाभित्र समान मूल्य कायम गर्ने उद्देश्यले मूल्य निर्धारण गरेको वडाध्यक्ष सदनकुमार साँवाले बताए । 

उनका अनुसार सुगुरको मासु प्रति केजी चार सय, भैंसीको मासु तीन सय, खसीको मासु ६ सय, बाख्राको मासु पाँच सय र लोकल कुखुराको मासु एक हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी, एक बोतल रक्सीको एक सय ५० रुपैयाँ राखिएको छ । निघारको एक सय र तोङबाको एक सय २५ रुपैयाँ निर्धारण गरिएको वडाध्यक्ष साँवा बताउँछन् । 

धान र जौ प्रति पाथी दुई सय ५०, कोदो, मकै, गहुँ, आलु बीऊ तीन सय, भट्मास आठ सय, घिऊ प्रति माना तीन सय रुपैयाँ कायम गरिएको छ । यता, पुरुषले दिनभर काम गर्दा पाँच सय र महिलाले चार सय रुपैयाँ ज्याला पाउनेछन् । तर, ज्यालाको विषयलाई लिएर भने स्थानीयले आपत्ति जनाएका छन् । महिला–पुरुषको ज्याला समान हुनुपर्ने उनीहरुको भनाइ छ ।

टिप्पणीहरू