सरकार टिक्दा माओवादीलाई फाइदा हुने हिसाब

सरकार टिक्दा माओवादीलाई फाइदा हुने हिसाब
सुन्नुहोस्

प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गिराउने खेलमा नरहेको जिकिर दोहोर्याउनुभएको छ । अहिलेको सरकार जति धेरै टिक्छ, आफ्नो पार्टीलाई त्यति नै फाइदा पुग्ने भएकाले सरकार बदल्ने खेलमा नरहेको उहाँले आज स्पष्ट पार्नुभएको हो ।
 
कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन उद्घाटन गर्न जानेक्रममा आज विहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले भन्नुभयो, ‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौं । सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै गएका छन्, त्यसैले यो सरकार जटि टिक्छ, माओवादी केन्द्रलाई फाइदा हुन्छ । हामी जनताको बीचमा गइसकेका छौं, हामीलाई जनतातिरै ठिक छ ।’

उहाँले तथाकथित दुई तिहाईको राग अलाप्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै अध्यादेश पास हुने अवस्था नरहेको दाबी गर्नुभयो । ‘केही अध्यादेश त पास नहुने दिशातिर गइ नै सके, बाँकी पनि पास हुन्छन् जस्तो लाग्दैन, भए पनि यसबाट जनतालाई केही फाइदा हुँदैन’, प्रचण्ड भन्नुहुन्छ ।
 

टिप्पणीहरू