प्रधानमन्त्री मध्यान्ह भृकुटीमण्डप जाँदै, अपरान्ह रंगशाला
प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक आज मध्यान्ह १२ बजे लोकार्पण गरिँदै छ । केपी शर्मा ओली सपना, संघर्ष र संकल्प पुस्तक राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा लोकार्पण गरिने कार्यक्रम छ ।
आजै अपरान्ह प्रधानमन्त्री दशरथ रंगशाला, त्रिपुरेश्वर जाँदै हुनुहुन्छ । उहाँ केपी ओली फुटवल च्याम्पियनसिप फाइनल खेल तथा पुरस्कार वितरण समारोहमा उपस्थित हुनुहुने छ ।
सोही प्रतियोगिताको फाइनल खेल हेर्न इटालीका प्रख्यात गोलरक्षक जियानलुगी बुफोन काठमाडौं आइपुगेका छन् । उनी पहिलो पटक नेपाल आएका हुन् ।
टिप्पणीहरू