रविका मान्छे समातिएको खबर दुई हप्ता गुपचुप
सहकारी ठगीमा रवि लामिछानेको वयान चलुन्जेल पोखरातिर मान्छे परिचालन गर्न सक्रिय म्याग्देली मोहनजङ्ग थापा अमेरिकामा समातिएको खबर दुई सातासम्म गुपचुप राखिएको पाइएको छ । रास्वपा केन्द्रीय सदस्य तथा सभापति रवि लामिछाने गृहमन्त्री छउन्जेल प्रहरीको सरुवा बढुवामा सँलग्न मोहन थापालाई गत फेब्रुअरी १७ तारिखमै अमेरिकी अध्यागमन कार्यालयले नियन्त्रणमा लिएको थियो । तर उनी पक्राउ परेको समाचार दुई सातापछि मात्र बाहिरियो ।
यसवारे एनआरएनए अमेरिकाका एक जना पदाधिकारी भन्छन्, ‘मोहन थापा मेरिल्याण्ड राज्यमा बस्छन् । बाल्टिमोर एशोसियनसन अफ नेप्लिज इन अमेरिकाको (बाना) संस्थापक अध्यक्ष हुन् । अस्ति उक्त संस्थाको बोर्ड अफ ट्रष्टीका निम्ति निर्वाचन थियो । त्यही सिलसिलामा खोजी हुँदा मेरिल्याण्डमै बस्दै आएका अमेरिका संयोजक रमेश भट्टले थापा पक्राउ परेको तथ्य बाहिर ल्याएका हुन् ।’
अमेरिकामा रास्वपा संयोजक रहेका रमेश भट्ट र केन्द्रीय सदस्य थापावीच केही समयअगाडि झण्डै हात हालाहाल समेत भएको एनआरएन स्रोतको दाबी छ ।
थापा पक्राउपछि रास्वपाको आन्तरिक राजनीतिमासमेत प्रभाव परेको छ । निर्वाचनताका उम्मेदवारलाई खुशी पार्न र बढी राजनीति गर्न खोजेको भन्दै अमेरिकास्थित रास्वपा समर्थकले भट्टलाई कारबाही गर्न केन्द्र गुहार्नसक्ने अनुमान भइरहेको बेला उक्त सूचना चुहिएको हो ।
अमेरिकामा रास्वपा संयोजक रहेका रमेश भट्ट र केन्द्रीय सदस्य थापावीच केही समयअगाडि झण्डै हात हालाहाल समेत भएको एनआरएन स्रोतको दाबी छ । मोहनको कुरा भट्टले नेटेर्ने र भट्टको कुरो मोहनले एक कानले सुनेर अर्कोले उडाउने गरेको बुझिएको छ ।
प्रवासमा भट्टलाई बढी जान्ने ‘ओजे’ भन्दै यसअगाडि पनि मोहन थापाले अप्रत्यक्ष रुपमा झपार्दै आएका थिए । यी दुईले रविलाई धरौटीमा छुटाउन चन्दा संकलननिम्ति जुम भेलासमेत डाकेको समाचार जनआस्थाले त्यतिबेलै छापेको थियो ।
टिप्पणीहरू