बेलुन विस्फोटका घाइते मेयर काममा फकिँदै

बेलुन विस्फोटका घाइते मेयर काममा फकिँदै
सुन्नुहोस्

‘पोखरा भ्रमण वर्ष–२०२५’ को उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नियमित काममा फर्किने तयारी गरेका छन् ।

१२ दिनको अस्पताल बसाइँपछि आज पोखरा फर्किँदै गरेका उनले सामाजिक सञ्जालमार्फत नियमित काममा फर्किन लागेको जानकारी गराएका हुन् । 

उनले लेखेका छन्,‘आज १२ दिन लामो अस्पताल तथा आइसोलेशन बसाइँपछि म पोखरा फर्कँदै छु र नियमित काममा फर्कन तयारी गर्दैछु । जलनका कारण हुनसक्ने साइड इफेक्ट तथा आवश्यक स्वास्थ्य सावधानी कडाईका साथ पालना गर्नुपर्ने भएकाले तपाईंहरु सबैको सहयोगको अपेक्षा गर्दछु ।’

गत फागुन ३ गते भ्रमण वर्षको औपचारिक उद्घाटनका लागि आयोजित कार्यक्रममा बेलुन पड्किदाँ अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मेयर आचार्य घाइते भएका थिए । उपचारका लागि उनीहरुलाई कीर्तिपुर बर्न अस्पताल भर्ना गरिएकोमा दुबैजना डिस्चार्ज भैसकेका छन् । 

तर, डिस्चार्जपछि मेयर आचार्यलाई भने आइसोलेशनमा राखिएको थियो ।

टिप्पणीहरू