डिजिटल अपराधबारे छलफल गर्न आइपुग्यो चिनियाँ प्रतिनिधिमण्डल
राजधानीमा पर्सिदेखि हुन लागेको डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ । छ सदस्यीय टोली आज दिउँसो १२ बजे सिचुआन एअरलाइन्सको उडान नम्बर ३ यु ३९०१ मा सिचुआन प्रान्तको राजधानी छन्तुबाट आएको बताइन्छ ।
सिचुआन प्रान्तका चिफ प्रोसेक्युटर वाङ लीनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई नेपालका लागि चिनियाँ राजदूत छन सोङले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
बूढानीलकण्ठस्थित होटल लेमनमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा १२ मुलुकका तीन दर्जनभन्दा बढी प्रतिनिधि सहभाग हुँदैछन् । कार्यक्रम महान्यायाधिवक्ताको कार्यालयले आयोजना गर्न लागेको हो ।
टिप्पणीहरू