संसदमा कुकुरको पीडा सुनाउँदै सरकारको ध्यानाकर्षण

संसदमा कुकुरको पीडा सुनाउँदै सरकारको ध्यानाकर्षण
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लक्ष्मी तिवारीले जनावरमाथि अमानवीय व्यवहार गर्नेहरूलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले जनावरमाथि बल प्रदर्शन गर्नु अपराध ठहरिने बताएकी हुन् । 

केहि दिनअघि नागार्जुनमा एउटा कुकुरलाई लखेटेर मारेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सुरेन्द्र भुजेल र सरिता पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको छ । सोही प्रसंग कोट्याउँदै सांसद तिवारीले दोषीलाई कडा कारवाहीको माग गरेकी हुन् । 

नावरमाथि अमानवीय हिंसा गर्ने अपराधीहरुलाई कडा सजाय हुनुपर्छ भनेर मैले आवाज उठाउँदै आएको छु’, उनले भनिन्, ‘तर फेरि अहिले नागार्जुन–६ मा एउटा घाइते कुकुरलाई लेखेटी लखेटी, तड्पाइ तड्पाइ मारियो, एक निर्बल प्राणी जसले आफ्नै रक्षा गर्न सकिरहेको छैन, त्यसको पीडा कसले देख्ने ?’

बाँकेकी तिवारीलाई कतिपयले ‘भत्ता लभर’ सांसदसमेत भन्छन् । उनीमाथि एनजिओ र आइएनजिओको विभिन्न कार्यक्रममा आफ्नो स्वकीय सचिवलाई समेत सहभागी गराएर भत्ता लिएको आरोप लाग्दै आएको छ । यस सम्बन्धमा जनआस्थाले यसअघि ‘मान्यहरुका पीएले बीचमै पेल्न खोजेपछि’ शीर्षकमा विस्तृत समाचार प्रकाशित गरेको थियो ।

टिप्पणीहरू