‘प्रधानमन्त्रीलाई पाप लाग्ला’ भन्दै राप्रपा र रास्वपाको कटाक्ष

‘प्रधानमन्त्रीलाई पाप लाग्ला’ भन्दै राप्रपा र रास्वपाको कटाक्ष
सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले गाउँमा ‘सिंह’ मात्र गएर ‘दरबार’ नगएको टिप्पणी गरेका छन् । प्रनिनिधिसभाको आजको बैठकमा बोल्दै उनले स्थानीय सरकार माताहतका कर्मचारीको तलब रोकिएकोमा प्रधानमन्त्रीलाई पाप लाग्ने बताएका हुन् । 

नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धन बनेयता जनताको कुनै भलो नभएको उनको भनाई छ । ‘गाउँगाउँमा सिंह त गयो, दरबार गएन । ओली सरकारबाट जनताको कहिल्यै भलो भएन’, उनले भने, ‘आज देशका शिक्षक र कर्मचारीहरूका तलब ठप्प छन्, सरसफाइ गर्ने कर्मचारीले समेत तलब खान पाएका छैनन् । प्रधानमन्त्रीलाई पाप लाग्ला !’

त्यस्तौ रास्वपा सांसद हरि ढकालले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको काम भन्दा बोली मिठो भएको भन्दै कटाक्ष गरे । ‘प्रधानमन्त्रीज्युले कहिँकतै माइक पाउनुभयो भने म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भनेर फ्याँकिहाल्नुहुन्छ’, उनले व्यंग गरे, ‘तर एफएटिएफले ग्रे लिस्टमा राखेको, डोनाल्ड ट्रम्पले फ्रड भनेको मैले मात्र सुन्या हो कि क्या हो ?’

टिप्पणीहरू