एमाले नेताहरु दिल्लीतिर, काँग्रेस नेतृ चीनतिर
एमाले नेता तथा पूर्वमन्त्रीद्वय प्रदीप ज्ञवाली र सुरेन्द्र पाण्डे नयाँ दिल्ली जान लागेका छन् । ज्ञवाली र पाण्डे नेपाल वायुसेवाको उडानमा दिउँसो पौने २ बजे काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
सोही उडानबाट पूर्व सन्चारमन्त्री तथा जनता समाजवादी पार्टीका उपाध्यक्ष राजकिशोर यादव पनि नयाँ दिल्ली जाने बुझिएको छ । यादव संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति हुन् ।
आजै पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेतृ सुजाता कोइराला चीन जाने बुझिएको छ । स्रोतका अनुसार कोइराला चाइना साउदर्न एअरलाइन्सको उडानमा दिउँसो साढे ४ बजे ग्वाङ्झौतर्फ प्रस्थान गर्नेछिन् ।
टिप्पणीहरू