बालुवाटारनिकट माननीय म्याडमले जे लेखे पनि पत्याइदिनुपर्ने !
राष्ट्रिय सभामा राष्ट्रपतिद्वारा मनोनीत सांसद डा. अन्जान शाक्यले सामाजिक सञ्जालमा लेखेको एउटा उल्टोपाल्टो जानकारीले धेरै जनालाई आश्चर्यमा पारेको छ । बालुवाटार निकट प्रभावशाली सांसद, इजरायलका लागि भूतपूर्व राजदूत,परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा काम गरिसकेकी शाक्यले लेखेको विषयलाई ठ्याक्कै उल्टो भन्न पनि धेरैलाई गाह्रो छ ।
दिगो विकास लक्ष्य अर्थात सस्टेनेबल डेभलपमेन्ट गोल (एसडिजी) लाई अतिकम विकसित मुलुक (एलडिसी) भनेर माननीयले लेख्दा कूटनीतिक र बौद्धिक क्षेत्रमा कस्तो असर पर्ल ? उनले एसडिजी बैठकलाई एलडिसी लेख्दै प्रतिवेदन पारित गरिएको विषय फोटोसहित सामाजिक सञ्जालमा पोष्टाएकी छन् ।
लेखिएको छ, ‘आज दिगो विकास उपसमितिको बैठकबाट एलडिसी ग्राजुएसन प्रतिवेदन पारित गरियो । सभापतिज्यू,माननीयज्यूहरु लगायत सम्पूर्ण सचिवालयलाई धन्यवाद ।’ संयुक्त राष्ट्रसंघले सन् २०१६ देखि सन् २०३० सम्मका लागि १५ वर्षे दिगो विकास लक्ष्य सञ्चालन गरेको छ ।
टिप्पणीहरू