एरो इण्डियामा श्रीमती र पिएसहित रक्षा सचिव

एरो इण्डियामा श्रीमती र पिएसहित रक्षा सचिव

भारतको बैंगलोरमा भएको एरो इण्डिया र डिफेन्स मिनिस्टर्स कन्क्लेभ २०२५ मा नेपालको तर्फबाट रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाल सहभागी भएका छन् । श्रीमती बिन्दा दंगाल र निजी सचिव मधुसुदन भट्टराईसहित उनी माघ २७ गते नयाँ दिल्ली हुँदै बैंगलोर गएका थिए ।

माघ २८ देखि फागुन २ गतेसम्म भएको उक्त कार्यक्रममा विश्वका ३० वटा मुलुकका रक्षामन्त्रीहरु सहभागी भए  । सन् १९९६ देखि हुन थालेको यस्तो कार्यक्रमको यो १५ औं संस्करण हो ।

भारतले एरो इण्डियालाई एसिया र अफ्रिकाका विभिन्न मुलुकलाई हतियार र सैनिक बन्दोबस्तीका सामान बेच्ने उपयुक्त अवसरको रुपमा लिने गरेको छ । गत वर्ष ७५ करोड भारतीय रुपैयाँका बन्दोबस्ती र सैनिक प्रविधि बिक्री गरेको भारतीय दाबी छ ।

टिप्पणीहरू