अध्यादेश यसर्थ पर्दै छ अलपत्र

अध्यादेश यसर्थ पर्दै छ अलपत्र

भूमाफियालाई सजिलो पार्ने गरी ल्याइएको अध्यादेश अन्ततः निष्क्रिय हुने भएको छ । दुई तिहाइ नजिक रहेको सरकारले ल्याएको अध्यादेशमा उपेन्द्र यादवले साथ नदिने निर्णय गरसँगै सरकार अप्ठ्यारोमा परको  हो। सोही अध्यादेशमा जसपा नेपालले निर्णय दिन नसक्दा सातादेखि संसदमा पेश हुन सकेको थिएन ।

अब भने जसपा नेपालले उक्त अध्यादेशलाई समर्थन गर्न नसकिने धारणा सार्वजनिक गरेसँगै अदालतको आदेश अवज्ञा, संसद् छल्दै ल्याइएको उक्त अध्यादेश पूर्णतः निष्क्रिय हुने स्थितिमा पुगेको हो। फागुन ४ गते राष्ट्रिय सभाको अर्काे बैठक बस्दै छ ।

कार्यसूचीमा अहिलेसम्म उक्त अध्यादेश नपरको  संसद सचिवालयले जनाएको छ । दुई सातादेखि अलपत्र उक्त अध्यादेश पारित गर्न उपेन्द्र यादवको पार्टी निर्णायक थियो। राष्ट्रियसभाबाट अध्यादेश पारित हुन ३० जना सांसदको समर्थन आवश्यक पर्छ । अहिले त्यहाँ कांग्रेसका आनन्दप्रसाद ढुंगाना, कमला पन्त, कृष्णप्रसाद सिटौला, जितजंग बस्नेतसहित १६ सांसद छन् भने एमालेकी इन्दिरा गौतम, भगवती न्यौपानेलगायत १० छन्।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट उर्मिला अर्याल, नारायणकाजी श्रेष्ठ, झक्कु सुवेदीसहित १७, एकीकृत समाजवादीबाट जयन्ती राई, बेदुराम भुसालसहित ८, जनमोर्चाका १ र लोसपाका १ सांसद छन्। जसपा नेपालका बलदेव बोहरा, मृगेन्द्रकुमारसिंह यादव र मोहम्मद खालिद अध्यादेश पास वा फेल गर्ने निर्णायक यही तीन सांसद हुन्। जसपा अध्यादेशको विपक्षमा उभिँदा दुबैतिर २९÷२९ हुने सो अवस्थामा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको मत निर्णायक हुन्छ । उनी माओवादीनिकट भएका कारण राष्ट्रियसभाबाट अध्यादेश अस्वीकृत हुने पक्का छ ।

टिप्पणीहरू