ओली सरकारको छुट्टै कानुन बनाउन ज्ञानेन्द्रको सुझाव
पूर्वपञ्चहरुको पार्टी राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सरकार विभिन्न काण्डमा मुछिएका आफ्नालाई जोगाउने ध्याउन्नमा रहेको बताएका छन् । यस सन्दर्भमा उनले 'एउटा नेपालको र अर्को प्रधनमन्त्री केपी शर्मा ओलीको' छुट्टा-छुट्टै कानून बनाउनुपर्ने भन्दै कटाक्षसमेत गरे ।
सांसद शाहीले ओली सरकारको ट्याग लागे बलात्कार गरेपनि खुलमखुला हिँड्न पाइन्छ भन्नेकुरा प्रमाणित भएको बताए । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै भने, ' ‘म अनुरोध गर्न चाहन्छु, कानून दुई वटा बनउनुस् अब । एउटा ओली सरकारको कानून, ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरेपनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ । एउटा नेपालको कानून बनाऔँ । जो सर्वसाधारण जनतालाई लगेर थुन्न पाइन्छ । बोलेकै आधारमा कुट्न पाइन्छ ।'
बोलेकै आधारमा सर्वसाधारणलाई लगेर थुन्ने गरिएकोप्रति आपत्ति प्रकट गर्दै शाहीले मन्त्रीजस्तो गरिमामय पदमा बसेका व्यक्तिले आईजीपीको जिब्रो थुत्छु भन्दा पनि केही नगरिएकोमा असन्तुष्टि जनाए ।
टिप्पणीहरू