बैंककस्थित नेपाली राजदूतलाई थप जिम्मेवारी

बैंककस्थित नेपाली राजदूतलाई थप जिम्मेवारी

राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीलाई थप जिम्मेवारी तोक्नुभएको छ । उहाँले वलीलाई लाओका लागि गैरआवासी नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । 

संविधानको धारा २८२ उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वलीलाई लाओका लागि गैरआवासी नेपाली राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

टिप्पणीहरू