मुक्का प्रहारपछि खोसियो पूर्व मुख्यमन्त्रीको गाडी सविधा

मुक्का प्रहारपछि खोसियो पूर्व मुख्यमन्त्रीको गाडी सविधा
सुन्नुहोस्

कोशी प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री उद्धव थापालाई सवारी साधन सुविधा दिने प्रदेश सरकारको यसअघिको निर्णयमा अदालतले रोक लगाएको छ ।

उच्च अदालत विराटनगरले जारी गरेको अन्तरिम आदेशमा पूर्व मुख्यमन्त्रीको गाडी सुविधामा रोक लगाइएको उल्लेख छ । न्यायाधीश राजेन्द्र अधिकारी र केशवप्रसाद वाँस्तोलाको संयुक्त इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो । 

गत असोज १३ गते थापालाई एउटा हलुका सवारी, चालक र मासिक १२५ लिटर इन्धन सुविधा दिने निर्णय प्रदेश सरकारले गरेको थियो । अधिवक्ता कर्णबहादुर राई र प्रेमकुमार घिमिरेले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा अन्तरिम आदेश भएको हो ।

थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिबार साँझ आक्रमण भएको थियो । आक्रमणबाट उनको देब्रे आँखाको माथिल्लो भागमा चोट लागेको छ ।

आक्रमणमा संलग्न विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । उनी नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कंदै थिए ।

टिप्पणीहरू