रविलाई भोलि पोखरा फर्काइने, छविलाई चितवन पुर्याइयो

रविलाई भोलि पोखरा फर्काइने, छविलाई चितवन पुर्याइयो

सहकारी ठगी मुद्दामा बयानका लागि कास्कीबाट काठमाडौँ ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानलाई भोलिमात्र पोखरा फर्काइने भएको छ । 

शुक्रबारदेखि शुरु भएको बयान आज सक्ने र साँझै पोखरा लैजाने प्रहरीको तयारी थियो । तर, बयान लम्बिएपछि कम्तिमा भोलिसम्म लामिछाने जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमै रहने छन् । 

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धमा बयानको लागि बिहीबार काठमाडौँ ल्याइएका उनले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा ६ घण्टा बयान दिएका थिए । हिजो शनिबार परेकाले बयान हुन सकेन ।  

उता लामिछानेका तत्कालीन व्यवसायिक साझेदार पूर्वडिआइजी छविलाल जोशीलाई चितवन लगिएको छ । सहरा बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको सम्बन्धमा बयानका लागि उनलाई आज पोखराबाट चितवन लगिएको हो । 

जिबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा पोखराको सूर्यदर्शन, काठमाडौँको स्वर्णलक्ष्मी, रुपन्देहीको सुप्रिम, चितवनको सहारालगायतका सहकारीबाट करोडौँ रकम गैरकानुनी ढंगले प्रवाह भएको संसदीय विशेष छानविन समितिको निचोड छ । त्यसबखत लामिछाने उक्त कम्पनीको प्रवन्ध निर्देशक र छविलाल उपाध्यक्ष थिए ।

टिप्पणीहरू