दुई दिनको लागि बिशिष्ट श्रेणीमा उक्लँदै पोखरेल

दुई दिनको लागि बिशिष्ट श्रेणीमा उक्लँदै पोखरेल

डिआइजी पोषराज पोखरेल एआइजीमा बढुवाको लागि सिफारिस भएका छन् । 

गृहसचिव एकनारायण अर्याल संयोजक रहेको सिफारिस समितिले आज उनको नाम सिफारिस गरेको हो । असार १८ गतेबाट अनिवार्य अवकाशमा जान लागेका उमेशराज जोशीको ठाउँमा पोखरेललाई बढुवा गर्न लागिएको छ ।

तर,पोखरेल पनि असार २१ गतेबाट अनिवार्य अवकाशमा घर जाँदैछन् । हाल प्रथम श्रेणीको सुविधा उपभोग गरिरहेका उनी दुई दिनको लागि मात्र बिशिष्ट श्रेणीको पदमा रहनेछन् । 
पोखरेल हाल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् । गृहमन्त्री रवि लामिछानेका बिशेष सल्लाहकार भनी चिनिने पूर्व एआइजी दिवेश लोहनी पोखरेलका साढु दाइ हुन् ।
 

टिप्पणीहरू