हराएको मोटरसाईकल पाउँदा रविन्द्र मख्ख !

हराएको मोटरसाईकल पाउँदा रविन्द्र मख्ख !
सुन्नुहोस्

वडा प्रहरी कार्यालय नारायणगढमा अस्ति एउटा मोटरसाईकल हराएको निवेदन परेको थियो । गोरखा, अजिरकोट–३ बस्ने रविन्द्र न्यौपानेले भरतपुर–११ बाट आफ्नो ना५९प ३५७ नं. को पल्सर मोटरसाईकल हराएको निवेदन प्रहरीमा दिएका थिए ।

प्रहरीले भोलिपल्टै उक्त मोटरसाईकल भेट्टाएर दिँदा रविन्द्र दंग देखिन्छन् । खोजतलासको क्रममा हिजो भरतपुर–४ मा बेवारिसे अवस्थामा सो मोटरसाईकल फेला परेको चितवन प्रहरीले जनाएको छ ।

टिप्पणीहरू