सुप्रिम सहकारीका पीडितहरुको बुटवलमा जुलुस, पीडकलाई सरकारले संरक्षण गरेको आरोप

सुप्रिम सहकारीका पीडितहरुको बुटवलमा जुलुस, पीडकलाई सरकारले संरक्षण गरेको आरोप

आफ्नो बचत रकम फिर्ताको माग गर्दै सुप्रिम सहकारीका पीडितहरुले बुटवलमा जुलुस निकालेका छन् । उनीहरुले सहकारी ठगीमा मुछिएका सबैलाई कानुनी दायरामा ल्याउन माग गरेका हुन् ।

पीडितहरुले सहकारी पीडकलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समेत संस्थाको झण्डै दुई करोड रकम अपचलन गरेको देखिएकाले सबैलाई कानुनी प्रक्रियामा ल्याउन माग गरिएको हो ।

प्रदर्शनकारीहरुले प्रहरीको अनुसन्धान प्रतिवेदन तथा अभियोगपत्रमा गृहमन्त्री रवि लामिछानेले समेत रकम लिएको देखिएको दाबी गरेका छन् । विरोध र्यालीपछि आयोजित कोणसभामा सडकमा आन्दोलनबाट आफ्नो समस्या समाधान नभए सदन घेर्ने चेतावनी दिइएको छ ।

टिप्पणीहरू