जनमतका सदस्यहरुको नाराबाजीपछि मधेश प्रदेशसभा बैठक स्थगित

जनमतका सदस्यहरुको नाराबाजीपछि मधेश प्रदेशसभा बैठक स्थगित

आज बोलाइएको मधेश प्रदेश सभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवको चौथो पटक विश्वासको मतका लागि राखिएकोे प्रदेश सभाको बैठक जनमत पार्टीका सदस्यहरुको अवरोधपछि रोकिएको छ । 

प्रदेश सभाको बैठक १० मीनेटका लागि स्थगित गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराएका छन् ।

जनमत पार्टीका सांसद चन्दन सिंहले २०८० माघ ८ गते सप्तरीमा कृषि विश्वविद्यालयको उद्घाटन कार्यक्रममा आफ्नो पार्टीका सांसद तथा तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवहरुमाथि भएको आक्रमण छानबिन हुनुपर्ने माग राख्दै बैठक अवरुद्ध पारेका हुन् ।

त्यसपछि जनमतका सदस्यहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेपछि सभामुखले १० मीनेटका लागि बैठक स्थगितको घोषणा गरेका हुन् ।

टिप्पणीहरू