भैंसीमाथि किन चढे सौगात मल्ल ?

भैंसीमाथि किन चढे सौगात मल्ल ?

अभिनेता सौगात मल्लको नयाँ चलचित्र ‘भाइरल गोर्खे’ घोषणा भएको छ । निर्देशक निगम श्रेष्ठले आज सामाजिक सञ्जालमा चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । 

यस चलचित्रमा विशाल ताम्राकार र महेश लामिछानेको लगानी रहने बताइन्छ । चलचित्र अन्य कलकारबारे भने केही समयपछि औपचारिक जानकारी दिने निर्माण टिमले जनाएको छ । 

सार्वजनिक पोष्टर हेर्दा यो चलचित्र सोसल कमेडी ड्रामा जनरामा बन्ने अनुमान गर्न सकिन्छ । तस्बिरमा सौगात दुई भैँसीको ढाडमा दुई खुट्टाले टेकेर उभिएका छन् । 

त्यसो त, निर्देशक श्रेष्ठले पछिल्लो समय अनमोल केसीलाई लिएर ‘छड्के २.०’ निर्देशन गरेका थिए । तर यो चलचित्र बक्स अफिसमा नराम्ररी टाट पल्टिएको थियो । यद्यपि, युटुबमा भने दर्शकले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका थिए । 

त्यस्तै अभिनेता सौगातको पछिल्लो समय ‘अगस्त्यः च्याप्टर १’ प्रदर्शनमा आएको थियो । यसले करिब साढे चार करोड कलेक्ससन गरेको बताइन्छ ।
 

टिप्पणीहरू