खतिवडाको 'कैसा मन मस्ताना प्यारे' बजारमा

खतिवडाको 'कैसा मन मस्ताना प्यारे' बजारमा

गीतकार डा. हेमन्त खतिवडाको हिन्दी गीति संग्रह 'कैसा मन मस्ताना प्यारे' सार्वजनिक भएको छ । प्रेम गीतको परम्परागत शैलीभन्दा फरक किसिमले प्रस्तुत गरिएको गीति संग्रह दिल्लीको ओम प्रकाशनले हालै बजारमा ल्याएको हो । 

प्रेमलाई दर्शनको दृष्टिकोणबाट शब्दमा अभिव्यक्त गरिएको गीतकार खतिवडाले बताएका छन् । उनी भन्छन्,  'प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ र प्रेम गीत लाई पनि म दर्शन सँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ।'

प्रेमको गहिरो मनोविज्ञान सम्प्रेषण गर्न खप्पिस मानिने खतिवडाका यसअघि पनि दर्जनौँ गीत लोकप्रिय छन् । यो गीत संग्रह 'रोमान्टिक गीत'हरुको दस्तावेजका रुपमा रहेको उनले बताए । 

दुई सयवटा हिन्दी गीत समावेश भएको यस पुस्तकको मूल्य दुई सय भारु राखिएको छ ।

टिप्पणीहरू