डिभोर्सपछि गायकलाई पत्नीको सुझाव ‘तिमी प्रचण्ड झैँ आउनु, म केपी जस्तै पर्खन्छु’

डिभोर्सपछि गायकलाई पत्नीको सुझाव ‘तिमी प्रचण्ड झैँ आउनु, म केपी जस्तै पर्खन्छु’
सुन्नुहोस्

गायक राजेश पायल राईसँगको सम्बन्धविच्छेदपछि साङबुङ राईको चर्चा एकाएक चुलिएको छ । बैबाहिक जीवनमा रहँदासम्म गुमनाम उनी अहिले समाजिक सञ्जालमा छाएकी छन् । 

साङबुङमाथि अनेक टिकाटिप्पणी पनि भइरहेको छ । खासगरी राजेशका समर्थकहरुले कटाक्षपूर्ण टिप्पणी गरेको पाइन्छ । 

यो दम्पतीले चैत १२ गते काठमाडौँ जिल्ला अदालत पुगेर गुपचुपमा डिभोर्स गरेको खबर चैत २२ गते सार्वजनिक भयो । सहमतिअनुसार राजेशले साङबुङलाई नक्सालस्थित करिब पौने पाँच करोड मूल्यको घर, एउटा घडेरी र ५० लाख नगद दिइसकेका छन् । छोरो (सायराम राई) १८ वर्ष नपुगुञ्जेल मासिक १५ हजार खर्च दिने सहमति छ । सोही विषयलाई लिएर केहि दिनयता सामाजिक सञ्जालमा राजेशका समर्थकहरुले साङबुङमाथि नकारात्मक टिप्पणी गरेका हुन् । 

यद्यपि, टिप्पणी गर्नेहरु किरात समुदायका समर्थक बढी छन् । साङबुङलाई कटाक्ष गर्दै गणेश लिम्बुले लेख्छन्, ‘भाउजु त सलिलियनभन्दा धनी निस्किन्, डाइरेक्ट करोडपति ।’ 

पवित्रा खुलापाछाले लेखकी छन्, ‘बिहे जिन्दगीभरको लागि गरिन्छ, पैसाको लागि गरेको बिहेले जीवनभर पोलिरहन्छ ।’ अम्बिका राईले भनेकी छन्, ‘तपार्इं साच्चिकै असल र महान नारी हुनुहुन्थ्यो भने एक रुपैयाँ नलिई छुट्नुहुन्थ्यो । भोलि पर्सिको भविष्य पनि सोच्नुपर्छ । तपाईंकै छोरोको हकमा फेरि यस्तै भयो भने ?’ 

डिभोर्सपछि सञ्जालमा सक्रिय साङबुङ भने मिडियामाथि खनिएकी छन् । उनले लेखेकी छन्, ‘अब तिमीहरुको अप्रशेन गर्छु १२ भाई !’ 

पछिल्लो २४ घण्टामा उनले सात वटा भिडियो रिल सेयर गर्दैै आफ्नो मनोदशा प्रकट गरेकी छन् । श्रीमान राजेशसँग डिभोर्स गर्नु साङबुङको बाध्यता थियो वा रहर, त्यो यकिन गर्न सकिँदैन । तर हिजो साँझ आफूलाई रिलेट गर्ने एउटा रिल सेयर गरेकी छन् । त्यसमा भनिएको छ, ‘तिमी प्रचण्ड जसरी फर्केर आउनु, म केपी ओली जसरी पर्खेर बस्नेछु ।’

टिप्पणीहरू