मैले त्यस्तो काम गरुँला त !

मैले त्यस्तो काम गरुँला त !
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग मेरो नाम जोडेर मलेसियामा नेपाली पीडित तथा सर्वसाधारणसँग अनुचित लाभहानिका कार्य गरेको भनी २०८० चैत १ गते प्रकाशित समाचार गलत छ ।

२० वर्षदेखि आफ्नै क्षमताले यो अवस्थामा आइपुगेको हुँ । यहाँका धेरै व्यवसायी मेरो व्यक्तिगत आचरणबारे जानकार छन् । मलेसियाको नियमअनुसार आधा दर्जनभन्दा बढी विभिन्न कम्पनीमार्फत करिब १२ वर्षदेखि पेशा व्यवसायमा छु ।

पैसाकै लागि ठगी र असुली गर्नु मेरो कल्पनाभन्दा बाहिरको कुरा हो । कुनै रसिद, तस्बिर वा पीडितको बयानबिना वा मलाई नसोधी छापिएको समाचार तथ्यहीन छ । यस्तो विषयले विदेशी भूमिमा पसिना भिजाइरहेका नेपालीको मनमा चोट पुगेको छ । 

– नन्दबहादुर क्षेत्री (नेत्र केसी), मलेसिया

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू