चिनियाँ सहयोगमा चौतारामा भव्य अस्पताल

चिनियाँ सहयोगमा चौतारामा भव्य अस्पताल

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भव्य एवम् सुविधा सम्पन्न अस्पताल भवन बनेको छ । चीन सरकारको सहयोगमा यसअघिको चौतारा अस्पताललाई भूकम्पपछि पुनःनिर्माण गरिएको बताइएको छ ।

छ करोड १० लाख चिनियाँ युआन अर्थात एक अर्ब २२ करोड रुपैयाँमा निर्मित अस्पतालमा ३९ शैया छ । अस्पतालको भुईंतलामा फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी, पोषण, भान्छा, बहिरङ्ग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेशन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष बनाइएको छ । 

सोही तलामा भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष छन् । अस्पतालमा चौबिसै घण्टा बिजुलीको लागि चार सय ५० केभीको जेनेरेटर र ‘मेडकिल वेस्ट वाटर प्रोसेसिङ’ उपकरण जडान गरिएको छ ।
 

टिप्पणीहरू