अस्पतालमा म्याद नाघेको केमिकल, छापा मारेपछि प्रहरीद्वारा सबै बरामद

अस्पतालमा म्याद नाघेको केमिकल, छापा मारेपछि प्रहरीद्वारा सबै बरामद

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा अनुगमन टोलीले छापा मारेको छ । मेडिकल कलेजको प्रयोगशालामा म्याद नाघेको केमिकल प्रयोग गरेको गुनासोपछि छापा मारिएको बताइएको छ ।

सो क्रममा प्रहरीले प्रयोगशालाबाट म्याद नाघेका केमिकल बरामद गरेको छ । अस्पतालका प्रबन्ध निर्देशक साहनवाज हुसेनलाई टोलीले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट ती केमिकलको म्याद तीन वर्षअघि नै नाघेको पाइएको छ । वीरगञ्ज महानगरपालिका, औषधि व्यवस्था विभाग र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले आज दिउँसो छापा मारेको हो ।

टिप्पणीहरू