अल्लु अर्जुनको नयाँ अवतार: साडी-ब्लाउज लगाएर हातमा त्रिशुल

अल्लु अर्जुनको नयाँ अवतार: साडी-ब्लाउज लगाएर हातमा त्रिशुल

यस वर्षको बहुप्रतिक्षित भारतीय चलचित्र 'पुष्पा २: दी रुल'को टिजर सार्वजनिक भएको छ । चलचित्रका मुख्य अभिनेता अल्लु अजुर्नको ४२औँ जन्मदिनको अवसर पारेर निर्माण पक्षले आज टिजर सार्वजनिक गरेको हो । 

टिजरमा अल्लु आक्रमक देवीको अवतारमा देखिएका छन् । साडी र ब्लाउजको पहिरनमा त्रिशुल बोकेको दृश्यलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। 

यो चलचित्र सन् २०२१ मा रिलिज भएको 'पुष्पा: दी राइज'को दोस्रो सिक्वेल हो । डेढ सय करोडमा बनेको पहिलो सिक्वेलले पाँच सय करोड कमाएको थियो । त्यसबेला 'मे पुष्पा हुँ, झुकेगा नहीँ' संवाद र केही नृत्य स्टेपहरु सामाजिक सञ्जालमा भाइरलसमेत भएका थिए । 

ब्लकबस्टर पुष्पा: दी राइज' ब्लकबस्टर भएसँगै दर्शकहरु दोस्रो सिक्वेलको प्रतिक्षामा थिए । अहिलेसम्म चलचित्रको हाइपलाई आधार मान्दा यसले पनि बक्स अफिसमा उछाल कमाइ गर्ने अनुमान गर्न सकिन्छ । 

सुकुमारले निर्देशन गरेको यस चलचित्रमा अल्लुको अलावा रश्मिका मन्दना र फहद फाजिलको मुख्य भूमिका छ । पहिलो सिक्वेल्मा पुष्पाराज (अल्लु) रक्त चन्दनको तस्करको रुपमा प्रस्तुत भएका थिए भने श्रीवल्ली (रश्मिका) उनको प्रेमिकाको रुपमा प्रस्तुत भएकी थिइन् । 

निर्देशक सुकुमारले पुष्पा-श्रीवल्लीको विवाह र शेखावत (फहद फाजिल)सँगको लडाइँ भइरहेको दृश्यमा लगेर पहिलो विक्वेललाई पूर्णविराम लगाइदिएका थिए । दोश्रो सिक्वेलको टिजरले त्यो लडाइँले वृहत रुप लिएको संकेत गरेको छ । 

यद्यपि, कथा कहाँ गएर टुंगिन्छ, त्यो थाहा पाउन भने आगामी १५ अगष्टसम्म कुर्नैपर्ने देखिन्छ ।

टिप्पणीहरू