खेम बतासको ‘बुढीपोल्ली’ बजारमा

खेम बतासको ‘बुढीपोल्ली’ बजारमा

युवा पुस्ताका शसक्त कवि खेम बतासको कथा संग्रह ‘बुढीपोल्ली’ विमोचन भएको छ । राजधानीको बत्तिसपुलतीस्थित शिल्पी थियटरमा एक कार्यक्रमको आयोजना गरी पुस्तक विमोचन गरिएको हो । 

कार्यक्रमकी वक्ता एवम् कवि÷कथाकार विना थिङ तामाङले ‘बुढीपोल्ली’ले सुदूरपश्चिमको कथा–व्यथालाई अर्गानिक शैलीमा प्रस्तुत गरेको बताइन् । बजारमा प्रकाशन भइरहेका पुस्तकभन्दा बतासको यो कथासंग्रह नितान्त पृथक स्वादको रहेको उनको आशय थियो । 

अर्का वक्ता एवम् लेखक राजन मुकारुङले बतासको लेखनमा सुदूरपश्चिमको वास्तविक सुगन्ध महशुस हुने बताए । आफूले बतासका कविताहरु लामो समयदेखि पढ्दै आएको र अहिले कथा संग्रह आउँदा खुशी लागेको उनको भनाई थियो ।

 

त्यस्तै समालोचक विन्दु शर्माले सदियौंदेखि चलिरहेको सांस्कृतिक उत्पीडनप्रति असहमति प्रकट गर्दै लेखकले नयाँ चेतनाको खोजी गरेको बताइन् । कवि सोझो गाउँलेले पनि लेखक बतासले सामाजिक कुरीति र विभेदविरुद्ध पुस्तकमार्फत क्रान्ति गरेको बताए । पुस्तकमा सुदूरको सांस्कृतिक पक्षलाई बलियोसँग उठाइएको उनको ठम्याई छ । 

लेखक बतासको ‘कोदो’ शिर्षकको कविता पाठकमाझ निकै चर्चित छ ।

टिप्पणीहरू