खोजियो हिरोइनको कपाल उडाउन, उडिदियो वस्त्र

खोजियो हिरोइनको कपाल उडाउन, उडिदियो वस्त्र

चलचित्रका सार्वजनिक समारोहमा विविध कारण वश अभिनेत्रीहरुले लज्जास्पद परिस्थितिको सामना गरिरहेका हुन्छन् । पेन्सिल हिल जुत्ताका कारण अभिनेत्रीहरु स्टेजमै लड्बडाएको घटना प्रशस्तै छन् । तर बलिउड अभिनेत्री महिमा मकवानाले भने स्टेजमा चलेको अत्यधिक हावाका कारण लज्जास्पद परिस्थितिको सामना गर्नु परेको छ । 

एक महिना अघिको उक्त घटनाको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । मुम्बईको एक थियटरमा ओटीटी ‘हटस्टार’ को ‘शो टाइम’ वेब सिरिजको औपचारिक घोषणा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा होस्ट थिए, करण जोहर । उनले कलाकारहरुको नाम क्रमशः लिँदै स्टेजमा बोलाए ।

सुरुमा इम्रान हास्मी, त्यसपछि मौनी रोय, अनि महिमा । गर्मीका कारण थियटर व्यवस्थापन समूहले स्टेजमा पंखा चलाएको बताइन्छ । यद्यपि, अभिनेत्रीहरुको कपाल हावामा उडेको देखाउनका लागि प्रायः यस्तो पक्रिया अपनाइन्छ । यसको एउटै उद्देश्य हो, फोटो र भिडियो आकर्षक बनाउनु ।

पंखाको हावाले महिमाको कपाललाई भन्दा पनि पोशाकलाई दुःख दियो । बारम्बार हावाले उनको पोशाक उडाइरहेको थियो । आफनो कपडालाई बारम्बार हातले समातेर बसिरहिन् । हावाले यतिसम्मको दुःख दियो कि केही मिनेटमै महिमा स्टेजबाट ओर्लिएर दर्शक दीर्घामा गएर बस्नुपर्यो । अहिले सोही भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

केही भारतीय चलचित्रकर्मीले अरुको बाध्यात्मक परिस्थितिमाथि ‘मजाक’ नगर्न आग्रह गरेका छन् ।

टिप्पणीहरू