एक हप्तापछि वास्तविकता खुल्यो, महिलाले प्रहरीको औंला टोकिदिइन्

एक हप्तापछि वास्तविकता खुल्यो, महिलाले प्रहरीको औंला टोकिदिइन्

गतसाता फागु पूर्णिमाको दिन टिम डिएजले नेपालगञ्जको राँझा आर्मी ब्यारेक पछाडि भैयापुरमा आयोजना गरेको होलि फेस्ट २०८० मा तनाव भएको थियो । उक्त तनावबारे अहिले रहस्य बाहिर ल्याइएको छ ।

तनावका कारण कार्यक्रम तोकिएको समयअगावै बन्द गरिएको थियो ।युवा दिनेश थापा नेतृत्वको टिम एजले आयोजना गरेको कार्यक्रममा लाईभ गीत, नृत्य, लाईभ डिजे चलिरहेको थियो । होली र्याम्प भइरहँदा एक दर्शकले बोत्तल प्रहार गरे । कार्यक्रम सञ्चालक समीर श्रेष्ठले बोत्तल प्रहार नगर्न अनुरोध गरिरहँदा दर्शकहरुबीच झडप भयो । सुरक्षाका लागि तैनाथ सेक्युरिटीले झडपलाई नियन्त्रणमा लिन नसकेपछि प्रहरी कार्यक्रमस्थलमा छिरेको थियो ।

प्रहरीले बल प्रयोग नगरी अवस्थालाई नियन्त्रणमा लिन खोज्दा स्थिति झन् गम्भीर बनेको बताइन्छ । मदिराले लठ्ठिएका युवाहरु प्रहरीमाथिनै जाई लागे, एक महिला दर्शकले सो क्रममा प्रहरीको औंला टोकिदिइन्, अर्का युवाले एक प्रहरीको मुखमै प्रहार गरे ।

केही समयको रस्साकस्सीपछि प्रहरीले झडप गर्नेहरुलाई नियन्त्रणमा लियो । हातमा मदिरा, चुरोट बोकेर स्टेचमा पुगेका युवाहरूलाई स्टेजबाट तल झार्न आयोजकलाई हम्मे हम्मे पर्यो । यहि सेरोफेरोमा पुनः झडपका घटनाहरु हुने सम्भाव्यतालाई मनन गर्दै कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्यो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुजन शाहले स्टेचमा पुगेर माइक समात्दै कार्यक्रम स्थगित भएको जानकारी दिए । त्यसपछि भने– कार्यक्रममा सहभागी हुनुभयो, रमाइलो गर्नुभयो धन्यवाद, अब कार्यक्रम यहिँ सकिन्छ ।

आयोजकले कार्यक्रम निरन्तर गर्न खोजेपनि प्रहरीले मानेन र कार्यक्रम सकियो । प्रहरीलेनै सिठी बजाएर दर्शकहरुलाई घर पठाएको थियो । कार्यक्रम सकिएको जानकारी गराउँदै गर्दा बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगी कार्यक्रमस्थल पुगेका थिए । त्यहाँ फुड, कलर स्टलहरु थिए भने मट्का फोड्ने प्रतियोगिता पनि राखिएको थियो । सुरक्षा व्यवस्था राम्रो हुँदाहुँदै कार्यक्रमस्थलमा समस्या आउँदा कार्यक्रम पूर्णरूपमा सञ्चालन गर्न असमर्थ रहेको डिएज ग्रुपका अध्यक्ष दिनेश थापाले जानकारी दिएका हुन् ।

टिप्पणीहरू