युन्नानको जीवन ‘सबै राम्रो छ’

युन्नानको जीवन ‘सबै राम्रो छ’
सुन्नुहोस्

युन्नानलाई ‘पर्यटक स्वर्ग’ को रूपमा चिनिन्छ । सन् २०२३ मा युन्नानले ‘युन्नान जीवन’ भन्ने पहिचान निर्माण गर्न शुरु गर्‍यो र संसारभरका साथीहरूलाई युन्नानबासीसँग राम्रो जीवन निर्माण र साझेदारी गर्न आमन्त्रित गरेर पर्यटनको नयाँ फेसनको नेतृत्व गरेको छ । युन्नानले २०२३ वर्षभरि कुल १.०४ बिलियन पर्यटक प्राप्त गरेको थियो र कुल १४०० बिलियन युआनको पर्यटन आय कमाएको थियो, जो २०१९ को क्रमशः १२९% र १३०% बराबर छ । ‘युन्नान जीवन’ मानिसहरूको लालसा र आशा भएको छ ।

सन् २०२४ मा ‘युन्नान भनिने एउटा जीवन छ’ भन्ने शब्दावलीको नयाँ व्याख्या गरिएको छ, अर्थात् आनन्दको बलियो भावना भएको ‘असल जीवन’। ‘सबै कुरा राम्रो छ’ एक युन्नान बोली हो, जसको अर्थ ‘सबै कुरा राम्रो हुन्छ, सबै कुरा सकुशल हुन्छ’। मानिसहरू अक्सर जीवनमा शुभकामना व्यक्त गर्न ‘सबै कुरा राम्रो छ’ प्रयोग गर्छन् ।

युन्नानमा बस्ने विदेशी मित्रहरूका युन्नानको ‘असल’ जीवनबारे आ–आफ्नै विचार छन् । श्रीलंकाका सुगथ रत्नायाकेका लागि युन्नानमा ‘सबै कुरा राम्रो छ’ युन्नान विश्वविद्यालयको परिसरमा छ, जहाँ उनी पढाउँछन् ।

युन्नानसँग सुगथको सम्बन्ध सन् २०१७ मा शुरु भएको थियो, जब उनले दक्षिण र दक्षिणपूर्वी एशियाली देशको वस्तु प्रदर्शनी र लगानी र व्यापार मेलामा मिडियाकर्मीको रूपमा भाग लिएका थिए र उनी युन्नानको सुन्दरताबाट गहिरो प्रभावित भएका थिए । २०२० मा युन्नान विश्वविद्यालयले सिंहाली भाषा खोल्यो र उनलाई पहिलो सिंहाली भाषाका शिक्षक बन्नको लागि आमन्त्रित गरियो र फेरि युन्नानमा फर्के ।

‘मिडिया र युनिभर्सिटीमा काम गर्नु दुई फरक अनुभव हो तर म दुवैमा रमाउँछु । एक शिक्षकको रूपमा मेरा विद्यार्थीको हेरचाह गर्ने र तिनीहरूलाई भविष्यका लागि तयार गर्न मद्दत गर्ने जिम्मेवारी मेरो हो । हाल सिंहाली भाषा विभागमा लगभग ४० जना विद्यार्थी छन्, ती सबै धेरै प्रतिभाशाली र मिहिनेती युवा हुन् । हामी साथीहरूको रूपमा छौँ, शिक्षक र विद्यार्थीको होइनौँ’, सुगथले भावुक हुँदै भने ।

नेपालबाट आएका शैलेश रञ्जितकारले सन् २०१० मा चाइनिज एकेडेमी अफ साइन्सेजको कुनमिङ इन्स्टिच्युट अफ बोटनीमा विद्यावारिधि गरेका थिए र नेपाल नफर्केसम्म विश्व कृषि वन विज्ञान केन्द्रको पूर्वी एशिया र मध्यएशिया क्षेत्रीय कार्यालय र होङह माउन्टेन फ्युचर जर्मप्लाज्म इनोभेसन सेन्टरमा अनुसन्धाताका रूपमा काम गरेका थिए । २०२० मा उनी नेपाल फर्के ।

‘म युन्नानलाई धेरै मन पराउँछु, किनकि युन्नान पर्वतीय कृषिका लागि उपयुक्त छ र एक समृद्ध र रंगीन अल्पसंख्यक संस्कृति छ’, शैलेशले भने । संस्थानमा आफ्ना सहकर्मीहरूसँग मिलेर उनले युन्नान प्रान्तमा कृषिवानिकी वृक्ष प्रजातिहरूको स्थानिक वितरणको अध्ययन गरे, रूख प्रजातिको स्थानिक वितरणमा जलवायु परिवर्तनको प्रभावको विश्लेषण गरे र युन्नानमा विभिन्न कृषिवानिकी रूख प्रजातिको संयोजनको लागि उपयुक्त रोपण स्थान पहिचान गरे। 

यसबाहेक, उनले युन्नानको फलफूल उद्योगको विकासलाई नजिकबाट नियालिरहेका छन् । उनको विचारमा, हालैका वर्षहरूमा बुद्धिमान् प्रणालीहरूको अनुप्रयोगले युन्नानको फलफूल उद्योगको विकासमा नयाँ गति प्रदान गरेको छ र दक्षिणपूर्वी एशिया र दक्षिण एशियाका फलफूल किसान र व्यापारीलाई थप अवसर र लाभ पनि ल्याएको छ।

शहजाद मुनीर पाकिस्तानका सुन्तला ह्वाङ्लोङ रोगका अनुसन्धाता हुन् जो हाल युन्नान कृषि विश्वविद्यालयमा प्लान्ट प्याथोलोजीको अनुसन्धान गरिरहेका छन् ।

शहजादले आफ्नो अधिकांश फुर्सदको समय कुनमिङमा बिताउँछन्, जहाँ उनी चिनियाँ भाषा सिक्ने प्रयास गरिरहेका छन् । कुनमिङको जीवनले उनलाई आराम महसुस गराउँछ । ‘म जहाँ जान्छु, म स्थानीय खाना खान्छु । मलाई मन पर्ने खाना तातो भाँडा, चामलको चाउचाउ र पोटस्टिकर हुन् । म यहाँ बसेर युन्नान र चीनका अन्य भागका सुन्तला किसानलाई सहयोग गर्न चाहन्छु’, शहजादले भने ।

युन्नानमा आश्चर्य र रोमान्स जताततै पाउन सकिन्छ । ‘सबै राम्रो छ’ भनिने युन्नान जीवन संसारभरका साथीहरूको वास्तविक सुख हो ।

(रिपोर्टरः हुआङ यिसियान, फू चाङमिङयुए, मो यिङयी)

अनुवादन:ह छाउरूङ
 

टिप्पणीहरू