सहकारीको रकम जसरी पनि उठाइन्छ, जिबी राईलाई समातिन्छ : गृहमन्त्री

सहकारीको रकम जसरी पनि उठाइन्छ, जिबी राईलाई समातिन्छ : गृहमन्त्री
सुन्नुहोस्

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गर्नेलाई नछाडिने बताउनुभएको छ । उहाँले मुलुकभरका सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागिपरेको बताउँदै रकम अपचलन गर्नेलाई नछाडिने प्रतिबद्धता जनाउनुभएको छ ।

चितवनमा फागु पर्व मनाउन जाने क्रममा गृहमन्त्रीले सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएकाले उक्त सहमति कार्यान्वयनमा आउने बताउनुभयो । उहाँको भनाई छ, ‘सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचतकर्ताको पैसा फिर्ता गरिने छ ।’

फरार जिबी राईलाई पक्राउ गर्न सरकारले पूरै शक्ति परिचालन गरेको उल्लेख गर्दै राई छिट्टै पक्राउ पर्ने बताइएको छ ।

टिप्पणीहरू