फागु पूर्णिमा मनाउन थालियो, तराईमा भोलि

फागु पूर्णिमा मनाउन थालियो, तराईमा भोलि

काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा रंगहरुको पर्व होली मनाउन थालिएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने योे पर्व आज पहाडी जिल्लामा र भोलि तराईमा आपसी सद्भाव, उत्साह र हर्सोल्लासका साथ मनाइन्छ ।

यो पर्व असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा मनाइन्छ । राजधानीका विभिन्न स्थानमा सामूहिक रुपमा होली मनाउन विभिन्न कार्यक्रम राखिएको छ ।

प्रहरीले होलीलाई व्यवस्थित र मर्यादित बनाउन उपत्यकाका सडकमा बिहानैदेखि सवारी साधनको चेक जाँच गर्न थालेको छ ।

टिप्पणीहरू